logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आगलागीबाट गोठ जलेर नष्ट


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१५, माथिल्लो देउरालीमा बिहीबार साँझ भएको आगलागीमा परेर एउटा गोठ जलेर ध्वस्त भएको छ ।

स्थानीय केशव भट्टराईको गोठमा आगलागी भएको हो । विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ ।

गोठभित्र पराल रहेकाले आगो निभाउन नसकेर गोठ पूर्णरुपमा जलेको स्थानीयले बताएका छन् । गाउँले सबै मिलेर आगो निभाएकाले अरु घरहरुमा भने क्षति पुग्न नपाएको लालबन्दी नगरपालिका १५ का वडाध्यक्ष गोरखबहादुर बलले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट गोठसहित गोठभित्र राखिएका चिरान काठलगायतका सरसामग्री सबै खरानी भएका छन् ।