कविलासी – सामरी उत्थान सेवा र दलित स्टोरी क्लब कविलासीको आयोजनामा बुधबार जनता आधारभुत विद्यालय भवनमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबका अध्यक्ष ओम कुमार पासवानको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव राय यादव प्रमुखको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत विष्णु यादव,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, मानव अधिकार रक्षक समितिकी सहसचिव लक्ष्मी पासवान, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवान, दलित अगुव, वुद्धीजीवि तथा दलित स्टोरी क्लबका पदाधिकारी गरी ४० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
सामरी उत्थान सेवा दलित, महिला तथा सिमान्तकृत समुदायमा सर्लाही जिल्लामा करिव २० वर्ष देखि दलित उत्थानको लागि कृयाशिल छ । संस्थाले दलित समुदायको आर्थिक विकासको लागि संस्थागत रुपमा २ सहकारी स्थापना गरी समुदायलाई हस्तान्तरण गरेको छ । त्यस सहकारीमा करडौँको कारोवार भइरहेको छ ।
दलित सवालमा सामजिक विकासको निम्ती समुदायमा अधारित कार्यसंञ्जाल संस्था २ वटा स्थापना गरेको जनाएको छ । त्यस्तै, सामुहिक सौचालय निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
हाल दलित युवा परिचालन गरी दलित सवालमा स्टोरी लेखनको माध्यमवाट दलित युवाहरुको क्षमता विकास,युवा सवालको वहस पैरवी गरिरहेको सामरी उत्थान सेवाका मनोज कुमार पासवानले बताए । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष राजेश पासवानले कार्यक्रमको सजिकरण गर्दै नेपाल सरकारले दलितहरुको पक्षमा सुविधाजनक नीति कार्यक्रम ल्याएको भएपनि कार्यान्वयनमा कमजोरी भइरहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णु यादवले दलितको उत्थानको लागि नगरपालिकाको योजनामा बजेट राख्ने प्रतिवद्धता जनाए । नगरप्रमुख ब्रम्हदेव रायले दलितको उत्थानमा क्रियाशील भएर लाग्ने बताए ।