ईश्वरपुर नगपालिका १२ स्थित घारिबथान क्षेत्रमा सोमबार बिहान सफा भई उघ्रिएको मौसम । (तस्बीर : उज्यालो अभियान)
हरिवन – सर्लाहीमा आज पनि बिहान पातलो मात्रामा लागेको हुस्सु हटेर अहिले क्रमिक रुपमा उघ्रिँदै गएको छ ।
मौसम उघ्रिँदै गएर पारिलो घाम लाग्न थालेको हो । अहिले बिहानीपख केही मात्रामा ठिर्याउँदो जाडो महशुस भएको स्थानीयले बताएका छन् । तर विस्तारै जिल्लाको सबैभेगको मौसम उघ्रिँदै गएर तातो घाम लाग्न लागेको हो ।
सर्लाहीमा हिजो पनि मौसम यस्तै भएको थियो । सर्लाहीमा विगत ४/५ दिनदेखि दिउँसोपख पोल्ने गरी चर्को घाम लाग्ने गरेको छ ।
साँझ–बिहान र रातको समयमा भने चिसो नै छ ।