logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

राजश्री डिसहोम फाइबर कर्पोरेट कपको उपाधि


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको डिसहोम फाइबर कर्पोरेट सुपर सिक्सेज सिजन २ क्रिकेट कपको उपाधी राजश्री सेविंग्स एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेड मलंगवाले जितेको छ ।

नबिल बैंकलाई पराजित गर्दै सिजन २ को उपाधी राजश्रीले जितेको हो । मलंगवा नगरपालिका वडा नं. १० स्थित तीनबिघे मैदानमा आयोजना गरिएको प्रतियोगितामा राजश्रीले नबिललाई ४ विकेटले पराजित गर्दै उपाधी चुमेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेका नबिलले निर्धारित ५ ओभरको खेलमा २ विकेट गुमाउँदै ४५ रन बनाएका थिए । नबिलका लागि मनोजले सर्वाधिक १६ रन बनाएका थिए ।

४६ रनको लक्ष्य पछ्याउन आएका राजश्रीले ४.१ ओभरमा १ विकेट गुमाउँदै जित हात पारेका थिए । राजश्रीका लागि अमलेशले सर्वाधिक २२ रन बनाएका थिए ।

जितसंगै विजेत राजश्रीले कप, मेडल, प्रमाण पत्र र ३ सय एमबीपिएसको तीन महिनाको डिसहोमको राउटर सहितको फ्रि नेट प्राप्त गरेका छन् । उपविजेता बनेका नबिलले कप, मेडल, प्रमाण पत्र र ३ सय एमबीपिएसको तीन महिनाको डिसहोमको राउटर सहितको फ्रि नेट प्राप्त गरेका छन ।

समापन समारोहका प्रमुख अतिथि मलंगवा नगरपालिकाको नगरप्रमुख नागेन्द्र प्रसाद यादवले प्रतियोगिता सफल बनाउन महत्वपूर्ण सहयोग गरेका मलंगवा क्रिकेट युथ क्लब (एम.सी.वाई.सी) का खेलाडीलाई अभ्यास गर्नका लागि ३ वटा पक्की पिचको निर्माण पालिकाबाट गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी प्रतियोगिता आयोजना गर्ने डिस होमका अधिकृत बिक्रेता लक्ष्मी इन्टरप्राइजेज मलंगवाका संचालक सुबास गुप्तालाई पालिकाको तर्फबाट सम्मान समेत प्रदान गरेको छ ।

राजश्रीले एन.एम.बी बैंक र नबिलले हिमालयनलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेका थिए ।

दुई दिन सम्म संचालित प्रतियोगितामा ९ वटा वित्तिय संस्था र मलंगवा नगरपालिका गरी १० टिमको सहभागिता रहेको थियो । सहभागि वित्तिय संस्थाहरुमा राजश्री, नबिल बैंक, प्रभु बैंक, हिमालयन बैंक, एन.आई.सी.एसिया, एन.एम.बी.बैंक, कुमारी बैंक, प्रोग्रेसिभ फाइन्यान्स, सहारा मल्टिपर्पस र मलंगवा नगरपालिका रहेको थियो ।