logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माओवादी सर्लाहीद्वारा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समिक्षा


  • उज्यालो अभियान

हरिवन – नेकपा माओवादी केन्द्र सर्लाहीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को आज समिक्षा गरेको छ ।

हरिवनमा पार्टीका जिल्ला इन्चार्ज राजु खड्काको अध्यक्षता तथा मधेश प्रदेशका इन्चार्ज लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा अभियानको समिक्षा गरिएको हो । कार्यक्रममा जिल्लाभरबाट पार्टीका अगुवा नेता कार्यकर्ता सहभागी भएका थिए । नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले गएको भदौ १६ गतेदेखि देशैभर एकैसाथ यो अभियान सुरु गरेको थियो ।

सर्लाहीमा २० वटै पालिकामा अभियान संचालन गरिएको माओवादी केन्द्रका नेता एवं प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहाले जानकारी दिए ।

अभियान अन्तर्गत पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम संचालन भएका छन् ।