लालबन्दी – बिहान पातलो मात्रामा लागेको हुस्सु हटेर सर्लाहीको मौसम क्रमिक रुपमा उघ्रिँदै गएको छ ।
मौसम उघ्रिँदै गएर पारिलो घाम लाग्न थालेको हो । अहिले बिहानीपख केही मात्रामा ठिर्याउँदो जाडो महशुस भएको स्थानीयले बताएका छन् । तर विस्तारै जिल्लाको सबैभेगको मौसम उघ्रिँदै गएर तातो घाम लाग्न लागेको हो ।
सर्लाहीमा विगत ४÷५ दिनदेखि दिउँसोपख पोल्ने गरी चर्को घाम लाग्ने गरेको छ । साँझ–बिहान रातको समयमा भने चिसो नै छ ।
पुस १० भइसक्दा समेत दिउँसोपख भने दिनभर भने तातो घाम लागेर न्यानो नै छ ।