logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा सेफ्टी ट्याङकीको खाल्डोमा डुबेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा सोमबार दउँसो सेफ्टी ट्याङकीमा डुबेर एक बालकको ज्यान गएको छ ।

स्थानीय कमल राउतका अढाई वर्षीय छोरा सोहन राउतको छिमेकी मानबहादुर कार्कीको ट्वाइलेटको सेफ्टी ट्याङकीमा डुबेर मृत्यु भएको हो । खेलिरहेका बालक जस्तापाताले छोपेर राखिएको सेफ्टी ट्याङकीको खाल्डोमा डुब्न पुगेका थिए ।

उनलाई तत्कालै उपचारका लागि अमृत हेल्थ केयर बयलवास लगिए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।

मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि सोमबार साँझ अभिभावकलाई बुझाइएको प्रहरीले जनाएको छ ।

सेफ्टी ट्याङकीको खाल्डो कमसल जस्तापाताले छोप्दा दुःखद घटना भएको हो ।