logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

विष्णु गाउँपालिकामा मोटरसाइकल दुर्घटना, चालकको ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – दक्षिणी सीमावर्ती गाउँ विष्णु गाउँपालिकाको वडा नं.६ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

गएराति पौने १० बजेतिर भाडसरबाट सिमरा जाने बाटोमा BR ३० W ६३९० नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भइ बिजुलीको पोलमा गएर ठोक्किँदा सो मोटरसाइकलका चालक कौडेना गाउँपालिका–६, सक्रौलका २० वर्षीय इन्दल सहनीको ज्यान गएको हो ।

सहनीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा ल्याइएको छ । तीव्र गतिले मोटरसाइकल दुर्घटनामा परेको आशंका गरिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।