लालबन्दी नगरपालिका १५ स्थित चुरेभेगमा घाम लागेर उघ्रिँदै गरेको मौसम । (तस्बीर : उज्यालो अभियान)
परवानिपुर – सर्लाहीको मौसम आज बिहानैबाट सफा भई उघ्रिएर पारिलो घाम लागिरहेको छ ।
हिजो बिहानभर मौसम धुम्मिएर मध्यान्हपछि मात्रै मौसम उघ्रिएको थियो । आज भने बिहानैदेखि मौसम उघ्रिएर न्यानो भई घाम लागिरहेको हो ।
यहाँ आज पनि घुस्सु लागेको छैन् । बाक्लो हुस्सु र शितलहर चल्ने पुस महिनामा पनि पोल्ने गरी घाम लाग्दा धेरै स्थानीयले आश्चर्य मानिरहेका छन् ।