बरहथवा – सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको अभिव्यक्तिलाई लिएर आज सर्लाहीको बरहथवामा प्रदर्शन भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बरहथवा बजारमा प्रदर्शन गरेको हो । मन्त्री किराँतीले केहीदिन अघि संघीय राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा क्रिष्चियन धर्म नमान्ने राष्ट्रविरोधी हुन र उनीहरुमाथि कारवाही हुनुपर्छ भन्ने किसिमको विवदास्पद अभिव्यक्ति दिएका थिए ।
त्यसैको विरोधमा राप्रपाले बहरथवामा जिल्लाभरबाट नेता कार्यकर्ता उतारेर प्रदर्शन गरेको राप्रपाका नेता राजन विश्वकर्माले जानकारी दिए ।
प्रदर्शनमा सहभागीले सुदन किराँती राजिनामा दे, भ्रष्टचारीलाई कारवाही गर, राजसंस्था जिन्दावादलगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।