सागरनाथ – संघीय सरकारका वन तथा वातावरण मन्त्री डाक्टर वीरेन्द्र प्रसाद महतो भोली (बिहीबार) सागरनाथ वन विकास परियोजनाको निरीक्षण गर्न सर्लाही आउने भएका छन् ।
पछिल्लो समय संघ र प्रदेश सरकारबीच स्वामित्वको विषयलाई लिएर चपेटामा परेको परियोजनाको निरीक्षण गर्न र वर्तमान स्थिति बुझ्न वन मन्त्री महतो भोली मध्यान्ह यहाँ आउन लागेका हुन् । वन मन्त्री आउने भएपछि परियोजनाको घाटगद्धी गरिएको क्षेत्रसहित घारिघुरी आज फाँडेर सफा पारिएको छ ।
परियोजनाका कर्मचारीले केही समयअघि झण्डै एक वर्षपछि बल्लबल्ल तलब पाएका थिए ।