logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

पत्रकार कोइरालालाई चमेली साकोस पत्रकारिता सम्मान


  • उज्यालो अभियान

बयलवास – पत्रकार डुकुप्रसाद कोइराला चमेली साकोस पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् ।

ईश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो २० औँ वार्षिक साधारण सभामा पत्रकार कोइरालालाई सो पुरस्कारबाट सम्मान गरेको हो । पत्रकार कोइराला सर्लाही दैनिकका प्रकाशक तथा कार्यकारी सम्मादक हुन् ।

उनलाई संस्थाका अध्यक्ष रामप्रताप साह, प्रमुख कार्यकारी अधिकृत भरत साह, कार्यक्रमका प्रमुख अतिथि सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरी, विशिष्ठ अतिथि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य चन्दाकुमारी चौधरी, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलगायत भएर सम्मान–पत्र प्रदान गरी सम्मान गरेका छन् ।