रानिगन्ज – नेपाल तामाङ घेदुङ सर्लाहीले स्तन क्यान्सर पीडित लालबन्दी नगरपालिका १७ रानिगन्ज निवासी सीता पाख्रिनको उपचारका लागि पहल सुरु गरेको छ ।
घेदुङका अध्यक्ष वुद्ध लामाको नेतृत्वमा पाख्रिनको उपचारमा आर्थिक संकलन गर्ने उद्देश्यले अभियान थालिएको हो । आर्थिक अभावका कारण सीताको उपचारमा समस्या हुँदै आएको छ ।
सीताको परिवार गाउँघरमै चन्दा उठाएर उपचार खर्च जुटाइरहेको र आफूहरुले पनि घेदुङको तर्फबाट सहयोग संकलन गर्न थालिएको अध्यक्ष लामाले बताए ।
उनका अनुसार सीताको उपचारमा सहयोग जुटाउने उद्देश्यसहित हिजो लालबन्दी १७ का कांग्रेस वडा सभापति विभुसिंह थापाको नेतृत्वमा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यलाई भेटेर सहयोगका लागि अपिल गरिएको छ ।