logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा प्लाष्टिकमा बोकेर भ्रुण फाल्न हिँडेका भारतीय पुरुष पक्राउ


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय मलंगवा । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – प्याष्टिकमा भ्रुण बोकेर फाल्न हिँडेका एक भारतीय युवक मलंगवाबाट पक्राउ परेका छन् ।

नेपाल–भारत सीमा दशगजा नजिक मलंगवा नगरपालिका–८, झिलमिलिया मन्दिर छेउबाट गर्भपतन गराएर भ्रुण फाल्न हिँडेका भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार शिवहर नारायणपुर वडा नं. ३ बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुँढी रहेका छन् ।

उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए ।