logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा दशगजा छेउमा मृत भेटिए किशोर


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – नेपाल भारत सीमा नजिकै एक किशोर मृत अवस्थामा फेला परेका छन् ।

मलंगवा नगरपालिका–८, स्थित सीमा नजिक अन्दाजी २०/२१ वर्षका तराई मुलको जस्तो देखिने किशोर मृत फेला परेका हुन् । युवकको सनाखत हुन सकेको छैन् ।

मुखबाट फिज काडेको अवस्थामा किशोरको शव फेला परेको प्रहरीले जनायो । जिन्स पाइन्ट र कालो सर्ट लगाएका युवक मृत भेटिएका हुन् ।

मृतकको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको र युवकको परिचय खुलाउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले बताए ।