हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका २ मा रहेको शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व परिवर्तन भएको छ ।
संस्थाको शनिबार सम्पन्न २१ औँ वार्षिक साधारण सभाले रमेशकुमार साह अध्यक्ष रहने गरी ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सूर्यप्रसाद चालिसे, सचिवमा कविता थापा र कोषाध्यक्षमा दामोदर हुमागाईँसहित सदस्यहरुमा सोहबतिया देवी कुँवर, सीमा कोइराला, बिमला बोहोरा, सहिदा खातुन र गंगा थापा रहेका छन् ।
संस्थाका अध्यक्ष पुरुषोत्तम प्रसाद काफ्लेको अध्यक्षता तथा संविधान सभाकास सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा आयोजित साधारण सभामा हरिपुर नगरपालिकाका प्रमुख गोपाल पन्जियार, हरिपुर २, ६, ७ र ८ का वडाध्यक्ष क्रमश : निलबिक्रम थापा, प्रेमहरि श्रेष्ठ, मनोजकुमार चौधरी र हरिबहादुर थापालगायतको आतिथ्यता रहेको थियो ।