हरिपूर्वामा अलपत्र रहेको विद्युत् सवस्टेशन । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले आज मलंगवा बजार क्षेत्र र मलंगवादेखि पूर्वी भेगका तीन पालिकामा ६ घण्टा बत्ती काट्दै छ ।
हुलाकी सडकभित्र पर्ने पोल सार्नुपर्ने भएकाले बत्ती अवरुद्ध गर्न लागिएको हो । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती काटिने छ । सो अवधिमा मलंगवाको जिविस चोक, बाल मन्दिर, नगरपालिका चोक, टावर चोक, शिवसागर चोक, गम्हरीया र कोल्डस्टोर क्षेत्रमा बत्ती आउने छैन् ।
त्यस्तै, मलंगवादेखि पूर्वतर्फ हुलाकी सडकमा पर्ने र सडक नजिकका पर्सा, हरिपूर्वा, संग्रामपुर, कविलासी, साहपुर, डुमरिया, जिंगड्वा, भेल्ही, ब्रम्हपुरी, नोेकेल्वा र त्रिभुवननगर क्षेत्रमा बत्ती काटिने मलंगवा वितरण केन्द्रले जनाएको छ । हुलाकी सडक विस्तार भइरहँदा विद्युत्ले सडकमा परेका पोललाई छेउछाउमा सार्न लागेको हो ।
मलंगवा वितरण केन्द्रमा बत्ती काटिए पनि नवलपुर, हरिपुर, बरहथव र गडहीया वितरण केन्द्रको बत्ती भने चालु नै रहने छ । .