logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

आदिवासी जनजाति महासंघको शपथ ग्रहण


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति सर्लाहीका पदाधिकारीको शनिबार शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

लालबन्दीस्थित कांग्रेस पार्टी कार्यालयमा शपथ ग्रहणको कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, प्रदेश सभा सदस्य कौशलकिशोर राय, संविधान सभाका सदस्य रामचन्द्र चौधरी, कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीलगायतको उपस्थिति थियो ।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सर्लाहीको अध्यक्षमा हीराकाजी योन्जन, उपाध्यक्षमा इन्द्र योन्जन र तेजनारायण चौधरी, सचिवमा शिव पुलामी र सुदीप चौधरी, सहसचिवमा चन्द्रकिशोर धानुक मण्डल र रेनु सिंह दनुवार, कोषाध्यक्षमा सम्झना बोटलगायत २३ सदस्यीय कार्य समिति गठन गरिएको छ ।