logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

मलंगवामा चिसो प्रभावित ५५ परिवारलाई कम्बल वितरण


  • उज्यालो अभियान

मलंगवा – सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ३ मा बिहीबार साँझ चिसो प्रभावित ५५ परिवारलाई फाइबर सिरक वितरण गरिएको छ ।

हेल्पिङ ह्यान्ड नामक संस्थाको सहयोगमा स्थानीय समाज विकास केन्द्र हरिपुर १ ले चिसोबाट प्रभावित ५५ गरिब परिवार र अपाङ्गता भएका व्यक्तिलाई न्यानो सिरक वितरण गरेको हो । मलंगवा ३ का वडाध्यक्ष प्रमोद राय यादव, हेल्पिङ ह्यान्डका व्यवस्थापक जिव पोखरेल, रेवती न्यौपानेलगायत भएर कम्बल हस्तान्तरण गरेका आयोजकका टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।

यस संस्थाले एक साताअघि जनकपुर लगेर ४२ जनाको निःशुल्क मोतिया विन्दुको अप्रेसन र १० जनाको पत्थरीको अप्रेसन गरिदिएको थियो ।