logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

उघ्रिन थाल्यो मौसम, बिहानैबाट घाम देखा पर्न थाल्यो


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको मौसम आज बिहानैबाट उघ्रिएर घाम लाग्न थालेको छ ।

चुरेभेगका गाउँ र राजमार्ग क्षेत्रमा पारिलो घाम लाग्न थालिसकेको हो । मलंगवासहित दक्षिणी भेगमा पनि घाम देखा पर्न थालेको स्थानीयले बताएका छन् । खोला तथा पाखा नजिक रहेको उत्तरी चुरेभेगमा प्रायः अधिकांश दिन बिहानैदेखि घाम लागेपनि चिसो स्याँठ चल्ने गर्छ ।

होँचो भू–भागमा पर्ने सदरमुकाम मलंगवासहित दक्षिणी भेगको मौसम भने ढिलो गरी खुल्ने गरेको छ । तर, आज भने दक्षिणी बेल्टमा समेत अहिले बिहानैबाट मौसम उघ्रिएर घाम देखा पर्न थाल्दा न्यानो महशुस हुँदै गएको छ ।

पुस लाग्न अब दुई दिन बाँकी छ । तर, तराई मधेशका जिल्लाहरुमा बिहान–बेलुका र रातको समयमा चिसो भएपनि दिउँसोपख अझै पारिलो घाम लागेर न्यानो नै हुने गरेको छ ।