logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बाल संवेदनशील अभिभावकत्व कार्यक्रममा सहभागीलाई प्रमाण पत्र वितरण


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका र ईश्वरपुर नगरपालिकामा संचालित बाल संवेदनशील अभिभावकत्व कार्यक्रममा सहभागी अभिभावकलाई बिहीबार तालिम प्रदान गरिएको छ ।

ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«ेनको सहयोगमा संचालन गरेको तालिममा सहभागीलाई बिहीबार हरिपुर नगरपालिका २ का वडाध्यक्ष निलबिक्रम थापाको अध्यक्षतामा तालिमको समापन गर्दै प्रमाण–पत्र वितरण गरिएको हो । थापाले नै प्रमाण–पत्र वितरण गरेका हुन् ।

पहुँच परियोजना अन्तर्गत संचालित तालिममा स्वस्तीक चौधरी र अप्सरा पोखरेलले सहजीकरण गरेका थिए ।