हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोर किशोरीलाई जीवन उपयोगी तथा सुरक्षात्मक सीप सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ ।
बागमती सेवा समाज नेपालले दातृ निकाय वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा दुवै पालिकासँग समन्वय गरी २४ जना किशोर किशोरीलाई १० दिने तालिम प्रदान गरेको हो । लालबन्दीमा आयोजित तालिमको आज (बुधबार) समापन गरिएको छ ।
सहभागी किशोर किशोरीहरु : रुपेशकुमार साह, रवीना चौधरी, कमलेश महतो र निसाकुमारी साहले यो तालिमपछि आफूहरुमा सकारात्मक उर्जा थपिएको बताए । तालिम समापनमा बोल्दै हरिपूर्वाकी उपप्रमुख सुमित्रादेवी ग्वारनी, पर्सा गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादव (विस्पत), हरिपूर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री, वल्र्ड भिजनकी सीता चौधरीलगायतले किशोरकिशोरीलाई तालिममा सिकेका कुरालाई समुदाय स्तरमा लगेर लागू गर्नका लागि सक्रियता देखाउन आग्रह गरेका छन् ।
उपेक्षा, दुव्र्यवहार र हिंसा व्यवस्थापनका लागि किशोर किशोरको सशक्तीकरण भन्ने मूल नारासहित सहभागी किशोरीकिशोरीलाई पिंकी कुमारी, कन्चन साह, नेहा कुमारी यादव र सुष्माकुमारी सार्कीले प्रशिक्षण प्रदान गरेका बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरशीप परियोजना परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।