लालबन्दी – सर्लाहीमा आज पनि बाक्लो मात्रामा हुस्सु लागेर कठ्यांग्रिदो चिसो छ ।
उत्तरी भेगमा हुस्सुकै बीच मधुरो घाम देखा पर्न थालेपनि सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा भने बाक्लो मात्रामा निरन्तर हुस्सु लागेको स्थानीयले बताएका छन् ।
सर्लाहीमा विगत ३÷४ दिनदेखि यसरी बाक्लो मात्रामा हुस्सु लागेर लगलगी कमाउने चिसो हुन थालेको हो । चिसोले गरिब तथा विपन्न परिवार प्रभावित बनिरहेका छन् ।
ाडो बढ्दा विद्यालय जाने स–साना बालबालिका पनि प्रभावित बनेका छन् ।
चिकित्सकले चिसो बढ्दै गइरहेकाले न्यानो कपडा लगाउन र झोलिलो तथा शरीरलाई शक्ति प्रदान गर्ने ताता खानेकुरामा जोड दिन दिएका छन् ।