जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमकी अध्यक्ष भवानी कोइराला स्वर्गिय दयाराम परियार स्मृति सम्मान पुरस्कार–२०८० बाट सम्मानित भएकी छन् ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालले आइतबार काठमाडौंमा गरेको एक कार्यक्रममा समाजसेवी कोइरालालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमचण्डले सो पुरस्कारबाट सम्मान गरेका हुन् । कोइरालाले समाजसेवामा पुर्याएको योगदानबापत ५० हजार नगदसहित सम्मान गरिएको आयोगले जनाएको छ ।
कोइरालाको नेतृत्वमा रहेको जुटपानी आश्रममा अहिले पनि ४० जना भन्दा बढी वृद्धवृद्धालाई पालनपोषण गरेर राखिएको छ ।