फाइल तस्बीर ।
मलंगवा – सर्लाहीमा आज पनि बिहानैदेखि बाक्लो मात्रामा हुस्सु लागेर कठ्यांग्रिदो चिसो छ ।
यस क्षेत्रमा हिजोबाट बाक्लो मात्रामा हुस्सु लाग्न सुरु भएको हो । हुस्सु लागेपछि कठ्यांग्रिदो चिसो महशुस भएको सर्वसाधारण बताउँछन् ।
चिसोले जनजीवन प्रभावित बनिरहेको छ । बाक्लो हुस्सु लागेकाले पूर्व पश्चिम राजमार्गसहित सम्पूर्ण भित्री सडकमा सवारी साधन दिउँसै बत्ती बालेर गुडिरहेका छन् ।
यो झ्याप्सीले आलु, गोलभेँडा, तोरीलगायतका बाली प्रभावित हुने चिन्ताले किसान पिरोलिएका छन् ।