logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा सामाजिक सुरक्षा नीति निर्माण गर्न समिति गठन गरिएको छ ।

ईश्वरपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका लागि लालबन्दीमा आयोजित सामाजिक सुरक्षा नीति निर्माण सम्वन्धी २ दिने कार्यशालाको समापनका अवसरमा शनिबार ईश्वरपुर नगरपालिका ५ का वडाध्यक्ष पन्ची महतोको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको हो । समितिमा कार्यपालिका सदस्य लीला पनेरु, योजना शाखाका प्रमुख पुष्करमणि घिमिरे, पन्जिकरण शाखाका प्रमुख सरोज चौलागाईँ, शिक्षा शाखाका अधिकृत दिनेश लुइँटेल, स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतो र ग्रामीण नारी उत्थानका आशिष रेग्मी सदस्य रहेको समिति बनाइएको हो ।

समितिले सामाजिक सुरक्षा नीतिको दुरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्य र रणनीति तय गर्दै सामाजिक सुरक्षा नीति निर्माण गरी कार्यपालिका बैठकमा पेश गर्ने छ । लालबन्दीस्थित नमस्ते होटलमा ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा सेभ द चिडे«नको सहयोगमा कार्यशाला सम्पन्न गरिएको ग्रामीण नारी उत्थान संघका पहुँच परियोजना संयोजक आशिष रेग्मीले जानकारी दिए ।