लालबन्दी – “यौन हिंसा र बाल विवाह अन्त्यका लागि मर्यादित महिनावारी” भन्ने नारासहित सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) पाँचौं अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको छ ।
राधा पौडेल फाउण्डेसनको सहयोग तथा बाल संरक्षण संस्था लालबन्दीको आयोजनामा लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा र्याली तथा कोण सभा गरी दिवस मनाइएको हो । लालबन्दी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख डाककुमारी फुँयाल, शिक्षक, विद्यार्थी, समूहका महिलालगायतको उपस्थितिमा कार्यक्रम गरिएको बाल संरक्षण संस्थाको यौन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियोजनाकी संयोजक सरिता कटुवालले जानकारी दिईन् ।
र्यालीपश्चात लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालय अगाडि भएको कोण सभालाई सम्वोधन गर्दै राधा पौडेल फाउण्डेसनका अनुगमन तथा मूल्यांकन संयोजक अनिलकुमार यादवले दिवसको बारेमा सहभागी सबैलाई जानकारी गराएका थिए ।