logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुर १४ मा हात्तीले दुई घर भत्कायो


  • उज्यालो अभियान

श्रीनगर – जङ्गली हात्तीले ईश्वरपुर नगरपालिका–१४, मा दुईवटा घरमा क्षति गरेका छन् ।

तीन/चार दिनदेखि नजिकैको जङ्गलमा देखा परेका हात्तीले बिहीबार राति भने बस्तीमा पसेर स्थानीय लालबाबु ठाकुर र भोला महतोको घरमा क्षति पुर्याएको हो । हात्तीले ठाकुर र महतोको कच्ची घरमा लगाइएको बाँसको टाटीका बेराघेरा भत्काएर घरभित्र रहेको अन्नपात खाइदिएको छ ।

विपन्न परिवारका ठाकुर र महतो परिवार हात्तीले घरको बेरा भत्काइ दिएपछि समस्यामा परेका छन् । हात्ती आतङ्कले गाउँले समेत त्रसित बनेका छन् ।

सागरनाथ वन विकास परियोजनाको जङ्गल नजिकै पर्ने ईश्वरपुरको वडा नं. १३ र १४ मा वर्षेनि जङ्गली हात्ती आएर घर भत्काइदिने, घरभित्र राखिएको अन्नपात खाइदिने र किसानले आफ्नो खेतमा लगाएको बालीनाली नष्ट गर्ने गरेका छन् ।