बरहथवा – डा. सिके राउत नेतृत्वको जनमत पार्टीले हिजो सर्लाहीको बरहथवा नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
सो पार्टीका नेता राष्ट्रिय परिषद् सदस्य त्रिभुवन कुमार सिंहको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्र बरहथवालाई ५० बेडको बनाउन, नगरभित्र भएका विकास निर्माणका कामलाई विधिसम्वत अगाडि बढाउनलगायतका माग राख्दै प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलालाई ज्ञापन पत्र बुझाइएको हो । ज्ञापन पत्रमा सडक निर्माण गर्दा पानी निकासका लागि ढलको व्यवस्था गर्न, बरहथवा बजारको तरकारी बजार, गुद्री बजार र खुद्रा बजार व्यवस्थापन गर्न, पार्किङलाई व्यवस्थित गर्न पनि माग गरिएको छ ।
जनमतले ज्ञापन पत्रसँगै गएको आर्थिक वर्ष २०७९/०८० मा भएका गतिविधि तथा कामकारवाही र बजेटको हरहिसाब माग गर्दै प्रमुख प्रशासकीय अधिकृत सिटौलासँग सूचना माग गरेको छ ।