logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चिताईन गाउँको सडक लामो प्रतिक्षापछि कालोपत्रे


  • उज्यालो अभियान

हरिपुर – बाह्रैमास हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, स्थित चिताईन गाउँको सडक कालोपत्रे भएको छ ।

सडक बनेपछि स्थानीयले अब हिलोबाट मुक्ति पाएका छन् । स्थानीयका अनुसार सडक निर्माण नहुँदा अव्यवस्थित देखिएकोमा कालोपत्रे भएसँगै बस्ती समेत चिटिक्क देखिएको छ ।

चिताईन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण गरिएको हो । हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले नगरको करिव ८५ लाख रुपैयाँ बजेटबाट चिताईन गाउँको सडक र चिताईन मन्दिरदेखि पश्चिम पुल्चोकसम्म निस्कने सडक कालोपत्रे गरिएको जानकारी दिए ।

बाक्लो बस्ती र लालबन्दीबाट हरिपुर तथा हरिपुरबाट लालबन्दीसम्म आउजाउ गर्ने वासिन्दाले अत्यधिक प्रयोग गर्ने चिताइन गाउँको यो सडक हरेक समय हिलाम्मे हुँदा आउजाउमा समस्या हुँदै आएको थियो । पानी निकास नहुने र सडकमा हरेक समय पानी तथा हिलो भइरहँदा वाक्कदिक्क भएका स्थानीयवासी सडक कालोपत्रे भएपछि खुसी व्यक्त गरेका छन् ।

नालासहितको सडक बनेपछि स्थानीय वासिन्दालाई बसोबास गर्न र अन्य व्यक्तिलाई आउजाउका लागि सहज भएको वडाध्यक्ष चौधरीको भनाई छ ।