मलंगवा – नवलपुर मलंगवा सडक अन्तर्गत सर्लाहीको गम्हरियामा एउटा भारतीय ट्रक पल्टिएको छ ।
भारतबाट स्वायबिन (मस्यौरा) बनाउने कच्चा पदार्थ लिएर आउँदै गरेको यूपी ६३ बीटी ४१४६ नम्वरको भारतीय ट्रक मलंगवा नगरपालिकाको गम्हरियास्थित मोडमा पल्टिएको हो । गएराति मध्यरातमा भएको दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
दुर्घटनामा परेको ट्रक गम्हरिया मोडमै छ । ट्रकमा रहेका कच्चा सामग्री भने अर्को ट्रकमा लोड गर्नेक्रम जारी छ ।