हरिवन – सर्लाहीको हरिवनस्थित नापी कार्यालय आफ्नै भवनमा सरेको छ ।
हरिवन ९ स्थित नोचामा मालपोत कार्यालयसँगै निर्माण भएको नापीको आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालिएको कार्यालय प्रमुख छत्रबहादुर लुंगेलीले जानकारी दिए । नापीको नागरिकमैत्री सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
यसअघि हरिवन ११ स्थित इलाका प्रशासन कार्यालय छेउमा भाडाको घरबाट संचालन भइरहेको नापी कार्यालय हरिवन नयाँ बनेको मालपोत कार्यालयसँगै बनेको आफ्नै सुविधा सम्पन्न भवनमा सारेर त्यहीँबाट सेवा दिन थालिएको हो ।
नयाँ भवनबाट सेवा प्रवाहमा थप सहज र नागरिक मैत्री बनाउँदै लैजाने योजना रहेको कार्यालय प्रमुख लुंगेलीले बताए ।