हरिवन – सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज (शनिबार) आफ्नो व्यक्तिगततर्फबाट मानव सेवाश्रम हरिवनमा ४० थान कम्बल प्रदान गरेका छन् ।
पूर्व मन्त्री उप्रेतीले आज साँझ हरिवन १ कैलाशपुरीस्थित आश्रममै पुगेर ति कम्बल हस्तान्तरण गरेका हुन् । आफूले घुर्कौली बालगृह र जुटपानी वृद्धाश्रममा पनि कम्बल सहयोग गर्ने तयारी गरेको उप्रेतीले उज्यालो अभियानसँग बताए ।
चिसो बढ्न थालेपछि सडकबाट उद्धार गरेर ल्याइएका सडक मानव, असहाय बालबालिका र बेसहारा वृद्धवृद्धालाई राहत प्रदान गर्ने उद्देश्यले कम्बल वितरण गर्न सुरु गरेको उप्रेतीको भनाई छ ।