logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शुभतारा बचत साकोसको ११औं साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिवन  – हरिवनस्थित शुभतारा बचत बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

गत आर्थिक वर्ष २०७९र०८० मा १४लाख ४९ हजार ५६९ रुपैयाँ मुनाफा आर्जन गरेको छ।

संस्थाको शुक्रवार सम्पन्न ११औं वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ११ प्रतिसत शेयर लाभांस बितरण गरिने घोषणा सस्थाका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिएका छन ।

हरिवनमा कार्यालय रहेको यस संस्थामा तीन सय १७ जना शेयर सदस्य रहेको संस्थाका लेखा समिति संयोजक गुणराज उप्रेतीले ९सरोल० जानकारी दिए । संस्थाका अध्यक्ष नरायण बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालिकाको आर्थिक विकास समितिको संयोजक एवम् वडा न। ४ का वडा अध्यक्ष केशव थापा प्रमुख अतिथि थिए भने विशिष्ट अतिथिमा भौतिक पुर्वाधार विकास समितिको संयोजक एवम् वडा न। ११ का वडाअध्यक्ष शेख मैबुब रेजा थिए भने अतीथिहरुमा चित्र बहादुर विक,रिद्वि बिक्रम कार्की , श्याम बाबू कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

संंस्थाले आफ्ना उतकृस्ट बजारप्रतिनिधी,पुर्व व्यवस्थापक,असल कर्जा ग्राहक र असल बचत कर्तालाई सम्मान गरेको थियो ।

संस्थाका सचीव तारा विकको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।