प्रतिकात्मक तस्बिर ।
बागमती – पूर्व पश्चिम राजमार्ग सर्लाहीको बागमती नगरपालिकास्थित पुरानो चौकीमा केहीबेर अघि सवारी दुर्घटना भएको छ ।
मोटरसाइकल दुर्घटना भई एक व्यक्तिको मृत्यु र केही घाइते भएको सूचना प्रहरीमा आएपनि विस्तृत जानकारी आइसकेको छैन् ।
सर्लाही प्रहरीका सूचना अधिकारी (डीएसपी) दीपेन्द्र पन्जियार थारुले भर्खरै प्रहरी टोली घटनास्थलमा पुगेको र दुर्घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको उज्यालो अभियानसँग बताएका छन् ।