logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान : पर्सा गाउँपालिकामा र्याली


  • उज्यालो अभियान

पर्सा – १६ दिने लैंगिक हिंसाविरुद्धको अभियान अन्तर्गत आज (बिहीबार) सर्लाहीको दक्षिण–पूर्वी भेग पर्सा गाउँपालिकामा सचेतनामूलक र्याली निकालिएको छ ।

बागमती सेवा समाज नेपाल र वल्र्ड भिजनको आर्थिक तथा प्राविधिक सहयोगमा भारतीय सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकामा र्याली निकालेको हो । र्यालीपश्चात गाउँपालिका कार्यालयमा आई कोण सभा गएिएको छ ।

गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादव (विस्पद) को अध्यक्षतामा कोण सभा गरिएको हो । सभामा माँ सरस्वती बाल क्लबका सचिव अनिल साहले जनप्रतिनिधिले नै बाल विवाह भइरहेको ठाउँमा पुगेर भोज खाने गरेको बताए । उनले बालविवाह भएको ठाउँमा गएर जनप्रतिनिधिले भोज नखाईदिए मात्रैपनि अभिभावकलाई ग्लानी हुने र यसले बालविवाह रोक्न सहयोग पुग्ने विचार राखे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, अभिभावक, किशोर–किशोर कसैले पनि बालविवाह भएको स्थानमा गएर भोज नखाने र विवाह रोक्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माँ सरस्वती बाल क्लबकी अध्यक्ष सुगन्धी कुमारी यादवले अझै पनि समाजमा छोरालाई जन्म दिने र छोरीलाई गर्भमै तुहाउने प्रचलन रहेको बताईन् ।

गाउँपालिकाका अध्यक्ष विस्पदले बालविवाह रोक्ने काममा आफ्नो सँधै सहयोग रहने बताए । उनले जुनसुकै बखत किशोरकिशोरलाई सहयोग गर्न तत्पर रहेको उल्लेख गरे ।

गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी फोकल पर्सन चन्दा यादवले लैंगिक हिंसाविरुद्ध गाउँपालिकाले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरी काम गर्दै जाने बताईन् । कार्यक्रमको सन्चालन महारानी बाल क्लबकी कोषाध्यक्ष चन्द्रिका मण्डल र रुपान्तरण अभियन्ता साविर साफीले गरेका थिए ।