logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी जेसीजको सप्ताहव्यापी कार्यक्रम सुरु


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी जेसीज वर्ष २०२३ ले आज (बिहीबार) बाट सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रमको उद्घाटनका अवसरमा बिहान प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा सरसफाई गरी गमला तथा फूल हस्तान्तरण गरिएको लालबन्दी जेसीज वर्ष २०२३ का अध्यक्ष मनोज बख्रेलले जानकारी दिए । अध्यक्ष बख्रेलकै अध्यक्षता तथा लालबन्दी नगरपालिकाकी उपप्रमुख कल्पनामाया पाख्रिनको प्रमुख आतिथ्यतामा जेसीज सप्ताहको उद्घाटन गरिएको हो ।

कार्यक्रममा लालबन्दी ९ का वडाध्यक्ष नारायण अधिकारी, लालबन्दी ७ का वडाध्यक्ष कृष्ण कुमार कार्की (गोपाल), स्वास्थ्य केन्द्रका डाक्टर विरोचन चौधरी, नगरपालिकाको स्वास्थ्य शाखाका सिनियर हेल्थ असिस्टेन्ट रोशन चौधरी, लालबन्दी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरेलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा २० थान गमला र त्यसमा विभिन्न जातका फूलहरु उपलब्ध गराइएको छ ।

सप्ताहव्यापी कार्यक्रमका लागि जेसीज २०२३ की उपाध्यक्ष सुनिता खरेल थपलियाको संयोजकत्वमा समिति बनाइएको छ । जेसीज सप्ताह अन्तर्गत आज नै पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको अध्यक्ष बख्रेलले बताए ।