logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम धुम्म छ आज


  • उज्यालो अभियान

लालबन्दी बजार क्षेत्र र पृष्ठभूमिमा देखिएको चुरेपाखा । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको मौसम आज (मंगलबार) धाम्मधुम्म भइरहेको छ ।

यहाँको मौसममा आज बिहानैदेखि बद्ली भई धुम्मिने र मधुरो घाम लाग्ने भइरहेको हो । उत्तरी चुरेभेगमा बिहान चिसो हावा चलेको स्थानीयले बताएका छन् ।

मंसिर मध्य हुनै लाग्दा समेत सर्लाहीसहित तराई क्षेत्रमा यो वर्ष खासै चिसो बढेको छैन् । बिहान–बेलुका र रातको समयमा चिसो बढेपनि दिनभर चरक्क घाम लागेर गर्मी नै छ ।

सर्लाही र यस आसपासका जिल्लामा असोज मध्यतिर केही दिन झरी परेको थियो । त्यहाँदेखि भने वर्षा भएको छैन् ।

सुक्खापन बढ्दै जाँदा यहाँ धुलो, धुँवाको प्रदुषण विस्तार बढ्न थालेको छ ।