logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

करेन्ट लागेर वृद्धाको मृत्यु


  • उज्यालो अभियान

धनगढा – सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ ।

स्थानीय पन्ची रायकी श्रीमती अन्जादी ८० वर्षीया बिल्टी देवी यादवको करेन्ट लागेर मृत्यु भएको हो । यादवलाई गएसाँझ (शनिबार साँझ) नाति (पूर्व वडाध्यक्ष) सरोज यादवले सञ्चालन गरेको बोर्डिङ स्कुलमा जोडिएको बिजुलीको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनायो ।

चुँडिएर कालो टेप लगाइएको तार पुनः चुँडिएको र त्यहीँ तारमा छुँदा बिल्टी देवीलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेले उज्यालो अभियानसँग बताए ।

प्राय ः विद्यालयकै वरिपरी हिँड्डुल गर्ने वृद्धालाई गएसाँझ ५ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको डीएसपी लामिछानेले बताएका छन् ।