logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बिहान–बेलुका हुस्सु लागेर चिसो, दिउँसो भने पारिलो घाम


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीसहित आसपासका जिल्लामा बिहान–बेलुका चिसो बढेपनि दिउँसोपख अझै पनि न्यानो नै छ ।

मंसिर दोस्रो साता लागिसक्दा समेत यो वर्ष चिसो धेरै बढेको छैन् । बिहान–बेलुका केही मात्रामा हुस्सु देखा पर्ने गर्छ ।

साँझ–बिहान र रातको समयमा मात्रै चिसो बढेको हो । प्रायः मंसिर, पुस र माघमा अत्यधिक चिसो हुन्छ । यो वर्ष भने मंसिर दोस्रो साता छुँदा समेत सामान्य मात्रामा मात्रै चिसो छ ।

सामान्य मात्रामै चिसो भएपनि यस क्षेत्रमा चिसोजन्य संक्रमण ः ज्वरो, रुघाखोकी, घाँटी दुख्ने जस्ता समस्या भएका बिरामी बढिरहेका छन् । चिकित्सकले अहिले मौसम परिवर्तनको बेला रहेको र धुलो–धुँवाको पनि समस्या रहेकाले स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन् ।

सुक्खापन बढ्दा यहाँको भित्री कच्ची सडकमा धुलो अत्यधिक उड्ने गरेको छ । यस क्षेत्रमा गएको असोज मध्यतिर अर्थात् दशैँअघि पानी परेदेखि थप वर्षा हुन सकेको छैन् ।