logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनमुक्ति सेना दिवसको अवसरमा मानव सेवाश्रममा भोजन


  • उज्यालो अभियान

हरिवन  – २३ औँ जनमुक्ती सेना दिवसको अवसरमा सर्लाहीको हरिवनमा रहेको मानव सेवा आश्रममा मिष्ठान्न भोजन गराईएको छ ।

पूर्व जनमुक्ती सेना संघ सर्लाहीले २३ औँ जनमुक्ती सेना दिवसको अवसरमा हरिवन–१, कैलाशपुरीमा रहेको मानव सेवा आश्रममा आश्रित लक्ष्मि नारायणलाई मिष्ठान्न भोजन गराईएको हो । सामाजिक रुपान्तरण तथा लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तीका निमित्त ऐतिहासिक योगदान र बलिदानी गरेको जनमुक्ती सेना दिवसको अवसमा आश्रममा भोजन गराईएको संघका जिल्ला अध्यक्ष टंक बहादुर बोहरा (सितल) ले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले पुर्व जनमुक्ती सेनाको योगदान अत्यन्त महत्वपुर्ण रहेको बताए । जनमुक्ती सेनाको योगदानलाई देशले कहिले भुल्न नहुने उनको भनाई थियो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गरेका हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल) ले पूर्व जनमुक्ती सेनाको ठुलो बलिदानी पश्चात प्राप्त गणतन्त्र सिध्याउछु भन्नु भ्रम मात्र भएको टिप्णी गरे ।

अध्यक्ष बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती नगरपालिका–२, का वडाध्यक्ष टेक बहादुर बल, वाईसिएलका पुर्व प्रदेश अध्यक्ष शन्देस श्रेष्ठ, वाईसिएलका नवीन थापा, राज लामा, विध्यार्थी नेता लगाएतको आतिथ्यता रहेको थियो ।