हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा आज (शुक्रबार) अपाङ्गता भएका १२ जना व्यक्तिलाई ह्वील चेयर वितरण गरिएको छ ।
सिकाई परियोजना अन्तर्गत आरआरपिके मलंगवाले विभिन्न दातृ निकायसँग समन्वय गरी पूर्ण अपाङ्गता भएका नगरभित्रका १२ जना व्यक्तिलाई ह्वील चेयर प्रदान गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई घरघरमै पुगेर चिकित्सकसहित स्वास्थ्य परीक्षण गरी ह्वील चेयर प्रदान गरिएको आरआरपिके मलंगवाले जनायो ।
सहयता सामग्री पाएपछि विपन्न परिवारका अपाङ्गता भएका व्यक्तिले खुसी व्यक्त गरेका छन् ।