मलंगवा – गरिमा विकास बैंकको मलंगवा शाखाले आज (बिहीबार) ८५ जना विद्यार्थीलाई विद्यालय झोला (ब्याग) वितरण गरेको छ ।
बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा जनता माध्यमिक विद्यालय चक्रघट्टा गाउँपालिका–८, औरहीमा अध्ययनरत् विद्यार्थीलाई एक–एक थान विद्यालय झोला उपलब्ध गराएको हो । विद्यालयको बाल विकास (इसीडी) मा अध्ययनरत् बालबालिकालाई झोला वितरण गरिएको गरिमा विकास बैंक मलंगवा शाखाका प्रवन्धक रामएकवाल साहले जानकारी दिए ।
शाखा प्रवन्धक साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण राय, बैंकका शेयरधनी सुगन्ध कुमार गुप्ता (सञ्जय), प्रधानाध्यापक लक्ष्मीकान्त रायलगायत भएर बालबालिकालाई झोला वितरण गरेका हुन् ।
निःशुल्क रुपमा विद्यालय झोला पाएपछि जिल्लाको ग्रामीण भेगमा पर्ने सो विद्यालयको बाल विकासमा पढ्ने बालबालिका खुसी भएका छन् ।