हजरिया – सर्लाहीको बरहथवामा मंगलबारबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीको जग्गा नापजाँच गर्न सुरु गरिएको छ ।
जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने उद्देश्यसहित बरहथवा नगरपालिका–२, हजरियाबाट जग्गाको नापजाँच गर्न सुरु गरिएको हो । नगरप्रमुख कल्पनाकुमारी कटुवाल, राष्ट्रिय भूमि आयोग सर्लाहीका अध्यक्ष चन्द्रप्रसाद वाग्लेलगायत भएर जग्गा नापजाँच कार्यको शुभारम्भ गरेका हुन् ।
भूमि आयोगले बरहथवामा चौँथो पालिकाको रुपमा जग्गा नापजाँचको काम सुरु गरेको हो । यसअघि लालबन्दी नगरपालिकामा जग्गा नापजाँचको काम पूरा भइसकेको छ ।
हरिवन र बागमती नगरपालिकामा पनि जग्गा नापजाँचको काम अन्तिम चरणमा पुगेको आयोगका जिल्ला अध्यक्ष वाग्लेले बताए ।