लालबन्दी – सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको २४ औँ स्थापना दिवसको अवसरमा आज (बुधबार) साँझ दीप प्रज्वलन गरिएको छ ।
लालबन्दी ९ बस्तीपुरस्थित क्याम्पस प्राङ्गणमा दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो ।
दीप प्रज्वलनमा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी, उपाध्यक्ष कमल पौडेलसहित अन्य पदाधिकारी, क्याम्पस प्रमुख उमेश तिमल्सिना, अन्य प्राध्यापक, विद्यार्थी संघसंगठनका नेता, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।