बयलवास – सर्लाहीको ईश्वरपुरमा चोरी भएका दुईवटा मोटरसाइकल झाडीमा लुकाइराखेको अवस्थामा फेला परेको छ ।
गएराति सबा ८ बजेतिर ईश्वरपुर नगरपालिका–६ र ७ मा पार्किङ गरी राखिएको प्रदेश २–०१–००१ प २१८१ नम्वरको १५० सीसीको पल्सर र ज १० प ८६४० नम्वरको साइन मोटरसाइकल चोरी भएको थियो । ति दुवै मोटरसाइकल आज बिहान ईश्वरपुर नगरपालिका ७ मा पर्ने नगरपालिका कार्यालयको पछाडिपट्टी झाडीमा लुकाइराखेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठले उज्यालो अभियानसँग बताए ।
उनका अनुसार फेला परेको दुवै मोटरसाइकल आज नै सम्वन्धित धनीलाई बुझाइएको छ ।