logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेस नेतासँग भेटघाट


  • उज्यालो अभियान

मलंगवा – बागमती प्रदेशका स्वास्थ्य मन्त्री र नेपाली कांग्रेसका दुई जना केन्द्रिय सदस्यले आज (शनिबार) सर्लाही आएर कांग्रेसका नेताहरुसँग भेट गरेका छन् ।

कांग्रेस नेता एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, केन्द्रिय सदस्य द्वय मधु आचार्य र प्रतिमा गौतमले जिल्ला आएर कांग्रेस नेताहरुसँग भेट गरेका हुन् । उनीहरुसँग सदरमुकाम मलंगवामा लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, रामचन्द्र चौधरी, हरि लुंगेली, कौशलकिशोर राय, नागेन्द्र यादव, रुपेश कुमार, अनिल कर्णलगायतका नेताहरुले भेट गरे ।

त्यस्तै, लालबन्दीमा युवराज देवकोटा, शिव गुर्मछान, इन्द्र योन्जन, शालिग्राम लम्साललगायतले भेट गरेका छन् ।

दुवै स्थानको भेटमा समसामायिक राजनीतिक स्थिति र अन्य विषयमा छलफल भएको कांग्रेस नेताले बताएका छन् ।