logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

किसानले फलाएको तरकारी बजारसम्म लैजान सहकारीलाई गाडी सहयोग


  • उज्यालो अभियान

श्रीनगर – सर्लाहीको ईश्वरपुर नगरपालिका १३ श्रीनगर क्षेत्रमा किसानले फलाएको तरकारी बजारसम्म लैजानका लागि सहज होस् भनी सहकारी संस्थालाई बोलेरो गाडी सहयोग गरिएको छ ।

हेल्भेटास नेपालले स्थानीय जय माँ महारानी बचत तथा ऋण सहकारी संस्था महारानी बजार श्रीनगरलाई एक थान गाडी हस्तान्तरण गरेको हो । उक्त गाडी आज (शुक्रबार) हेल्भेटासका मधेश प्रदेश प्रमुख कृष्णलाल कर्णले संस्थाका अध्यक्ष धनेश्वर महतो र ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यलाई हस्तान्तरण गरे ।

स्थानीय किसानले तरकारीको भाउ नपाइरहेको अवस्थामा जहाँको थोक बजारमा राम्रो मूल्य छ, त्यहीँ लगेर तरकारी बिक्री गर्न सकुन् भन्ने उद्देश्यले हेल्मेटाससँग पहल गरी गाडीको व्यवस्था मिलाइएको मेयर आचार्यले बताए । उनले नगरपालिका, सहकारी र हेल्भेटासबीचको त्रिपक्षीय समझदारीमा श्रीनगरमै कोल्डस्टोर तथा थोक तरकारी बजारका लागि ट्रष्ट निर्माण गर्ने तयारी रहेको जानकारी दिए ।

सोही कार्यक्रमकै अवसरमा आज (शुक्रबार) नै स्थानीय केही तरकारी किसानलाई भेला पारी बजारीकरणसम्वन्धी तालिम प्रदान गरिएको सहकारी संस्थाले जनायो ।