बयलवास – संघीय सरकारका वन तथा वातावरण मन्त्री डा. वीरेन्द्र प्रसाद महतोले आज (बिहीबार) सर्लाहीको बयलवासमा पार्टीका कार्यकर्तासँग केहीबेर भेट गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री महतोले रौतहटको कार्यक्रममा जाने क्रममा ईश्वरपुर नगरपालिकास्थित बयलवासमा पार्टीका कार्यकर्तासँग भेट गरी फर्किएका हुन् ।
पार्टीका सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामनरेश साहको अध्यक्षता तथा वन मन्त्री डा. महतोको प्रमुख आतिथ्यतामा आयोजित कार्यकर्ता भेटघाट एवं चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व सांसद प्रमोद साहलगायत अगुवा नेता कार्यकर्ता सहभागी हुनुभएका पार्टीका नेता सुनिल कुमार साह (भान्जा) ले जानकारी दिए ।