कौडेना – सर्लाहीको सक्रौल र जब्दीमा आज (आइतबार) सडक सरसफाई गरिएको छ ।
दीपावली तथा छठ पर्वलाई लक्षित गरी कौडेना गाउँपालिका–६, सक्रौल र लालबन्दी नगरपालिका–३, जब्दीमा सडक सरसफाई गरिएको हो । तारा पुन्ज युवा क्लबको आयोजनामा बिहान सक्रौलस्थित भित्री सडकमा सरसफाई गरिएको स्थानीय युवा धिरोज यादव (ग्वाला) ले जानकारी दिए ।
उक्त क्लबले कौडेना क्षेत्रमा बेलाबेलामा यसरी सरसफाई अभियान चलाउँदै आएको छ । त्यस्तै, जब्दीस्थित भित्री सडकमा गाउँले समेतलाई उपस्थित गराएर सडक सरसफाई गरिएको वडाध्यक्ष वुद्धदेव चौधरीले बताए ।